सबै प्रक्रिया पूरा गरिएकाले राष्ट्रिय सम्मेलन महाधिवेशनमा रूपान्तरित भएकाे हाे : भुसाल
काठमाडाैं, पुस ११ : स्थायी कमिटी सदस्य एवं ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसालले माओवादी केन्द्रले सबै प्रक्रिया पूरा गरिएकाले राष्ट्रिय सम्मेलन महाधिवेशनमा रूपान्तरित...काठमाडाैं, पुस ११ : स्थायी कमिटी सदस्य एवं ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसालले माओवादी केन्द्रले सबै प्रक्रिया पूरा गरिएकाले राष्ट्रिय सम्मेलन महाधिवेशनमा रूपान्तरित गरेको बताएकी छन्।
माअोवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आज (आइतबार) उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै उनले टोल, वडा, पालिका, प्रदेश सबैमा अधिवेशन गरेर राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि चयन गरिए पनि महाधिवेशनको प्रक्रिया पूरा भएकाले यस्तो कदम चालिएको बताएकी हुन्।
अध्यक्ष पुष्पकमल दाहालले गत साउनमै प्रस्तुत गरेको प्रतिवेदनका आधारमा राष्ट्रिय सम्मेलन गर्ने भनिँदै आए पनि व्यापक छलफलपछि अन्ततः महाधिवेशन गर्ने निष्कर्षमा पुगेको उनले बताइन्।
कम्युनिस्ट आन्दोलनको निरन्तरतामा क्रमभंगता गर्दै एउटा क्रान्तिकारी धार निर्माण गरेर माओवादी केन्द्र आजको सिथतिमा आएको उनले बताइन्। महान् जनयुद्धसँग समायोजन गरिएको १२बुँदे समझदारी, १९ दिने जनआन्दोलन, विस्तृत शान्तिसम्झौता, अन्तरिम संविधान, संविधानसभा निर्वाचन, संविधानसभामार्फत देशलाई समावेशी लोकतान्त्रिक गणतन्त्रमा लाने संविधान जारी गरेर त्यसको प्रभावकारी कार्यान्वयनमा अहिले मुलुक रहेको उनले बताइन्।
सुरुमा माओवादीले उठाएको समावेशीसहितको संघीय लोकतान्त्रिक एजेन्डा १० वर्षको अन्तरालमा राष्ट्रकै एजेन्डा बनेको उनले बताइन्। कुनै कालखण्डमा आफूहरुको एजेन्डालाई अस्वीकार गर्नेहरु पनि अहिले सोही एजेन्डा बोकेर अघि बढिरहेको उनको भनाइ थियो।
लामो संघर्षपछि भएको आमूल परिवर्तन र त्यसकै परिणामस्वरुप प्राप्त संविधान कार्यान्वयनमा अनेकौं चुनौती रहेको उल्लेख गर्दै उनले त्यसका विरुद्ध परिवर्तनकारी शक्तिहरू एकताबद्ध भएर गठबन्धन गरेर अघि बढिरहेको उनले स्पष्ट पारिन्।
माक्र्सवाद, लेनिनवाद, माओवादको आलोकमा मौलिक ढंगले माओवादीले आन्दोलन र संघर्ष गर।ेको र अब समाजवादउन्मुख समाज निर्माणतर्फ पार्टी केन्द्रित रहेको उनले बताइन्। राष्ट्रिय सहमति र सहकार्य गरेर संविधानले संस्थागत गरेका जनताको अधिकारलाई कसरी कार्यान्वयनमा लाने लाने भन्नेमा माओवादी केन्द्रको महाधिवेशन केन्द्रित हुने उनले बताइन्।
महाधिवेशनले मुलुकलाई समाजवादमा लाने गरी वैचारिक तथा राजनतिक कार्यदिशा तय गर्ने उनले बताइन् । संगठनलाई जीवन्त तुल्याउन यो महाधिवेशन महत्वपूर्ण हुने उनको भनाइ थियो।
आधार कसरी तयार पार्ने
नेपालमा समाजवाद ल्याउने आधार तयार गर्ने हिसाबले महाधिवेशन गर्ने र त्यसका लागि क्रान्तिकारी विचार निर्माण गर्ने, संगठनलाई नयाँ ढंगले अघि बढाउने गर ि पाँच दिन महाधिवेशन गनेृ उनले बताइन्।











