Kathmandu Press

माओवादी केन्द्रको महाधिवेशन उद्घाटन समारोहमा कुन दलबाट कोको गए ? 

काठमाडौं, पुस ११ : नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु भएको छ।  कमलादीस्थित प्रज्ञा भवनमा अपराह्न ३ बजेपछि महाधिवेशनको उद्घान समारोह सुरु...
माओवादी केन्द्रको महाधिवेशन उद्घाटन समारोहमा कुन दलबाट कोको गए ? 

काठमाडौं, पुस ११ : नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु भएको छ।  कमलादीस्थित प्रज्ञा भवनमा अपराह्न ३ बजेपछि महाधिवेशनको उद्घान समारोह सुरु भएको हो। 

सुरुमा राष्ट्रिय सम्मेलन भनिएपनि शनिबार मात्रै माओवादी केन्द्रले राष्ट्रिय महाधिवेनमा रुपान्तरण गर्ने प्रस्ताव गरेको थियो । सो प्रस्तावलाई आइतबारको केन्द्रीय कमिटीबाट अनुमोदन गरिएको थियो। 

राष्ट्रिय सम्मेलनमा कुनैपनि राजनीतिक दललाई निम्ता नगर्ने निर्णय भएपनि महाधिवेशन हुने भएपछि राष्ट्रिय राजनीतिमा सक्रिय राजनीतिक दललाई उद्घाटन समारोहमा बोलाइएको छ। 

माओवादी केन्द्रको महाधिवेशनमा शुभकामना व्यक्त गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि पुगेका छन् । त्यस्तै नेकपा एमालेबाट महासचिव शंकर पोखरेल गएका छन्। प्रचण्डले फोनमार्फत अध्यक्ष ओलीलाई निम्ता गरेपनि व्यस्तताका कारण उनले महासचिवलाई पठाएका हुन्। 

त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि शुभकामना व्यक्त गर्न उपस्थित छन्। यसैगरी नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, क्रान्तिकारी माओवादीका महासचिव सिपी गजुरेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित महामन्त्री कुन्ती शाही लगायतका नेताहरु उपस्थित छन्। 

महाधिवेशन पाँच दिनसम्म चल्ने छ। 

प्रकाशित मिति: १५:५० बजे, आइतबार, पुस ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्