Kathmandu Press

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन औपचारिक रुपमा सुरु 

महाधिवेशन पाँच दिनसम्म चल्ने माओवादी केन्द्रका संगठन विभाग जनार्दन शर्माले जानकारी गराएका छन्। 
माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन औपचारिक रुपमा सुरु 
तस्बिर : सुजल बज्राचार्य

काठमाडौं, पुस ११ : नेकपा माअ‍ोवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन औपचारिक रुपमा सुरु भएको छ। 

कमलादीस्थित प्रज्ञा भवनमा अपराह्न सवा ३ बजे महाधिवेशनको उद्घाटन समारोह औपचारिक रुपमा सुरु भएको हो। महाधिवेशन पाँच दिनसम्म चल्ने माओवादी केन्द्रका संगठन विभाग जनार्दन शर्माले जानकारी गराएका छन्। 

नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि आठौं राष्ट्रिय महाधिवेशन भन्ने मूल नाराका साथ माओवादी केन्द्रको महाधिवेशन सुरु भएको हो। 

महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्न विभिन्न राजनीतिक दलका प्रमुख तथा शीर्ष नेताहरु समेत उपस्थित भएका छन्। 


 

प्रकाशित मिति: १५:२७ बजे, आइतबार, पुस ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्