जापानमा भारी हिमपातका कारण १०० भन्दा बढी उडान रद्द
टोकियो, पुस ११ : देशको पश्चिमी र उत्तरपश्चिमी क्षेत्रमा भारी हिमपातका कारण जापानमा १०० भन्दा बढी उडान रद्द गरिएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।जापानी प्रसारक...
टोकियो, पुस ११ : देशको पश्चिमी र उत्तरपश्चिमी क्षेत्रमा भारी हिमपातका कारण जापानमा १०० भन्दा बढी उडान रद्द गरिएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
जापानी प्रसारक एनएचकेका अनुसार निप्पोन एयरवेजका ६९ र जापान एयरलाइन्सका ३५ र पीच एभिएसनका २ उडान रद्द भएका छन्। आइतबार बिहानसम्म विभिन्न प्रान्तमा ३५ इन्चसम्म हिउँ परेको मौसमविद्ले बताएका छन्। देशको पश्चिमी भूभागमा चिसो बढेसँगै भारी हिमपात जारी रहने अनुमान गरिएको छ।
सोमबार सम्म, चक्रवात होन्शु टापुको केन्द्र तर्फ सर्दैछ जसले विशेष गरी कन्साई क्षेत्रमा कडा हिमपात हुनसक्ने जनाइएको छ।
प्रकाशित मिति: १४:४८ बजे, आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












