Kathmandu Press

बिचौलियाहरुको प्रभावले न्यायपालिकाको स्वतन्त्रतामाथि गम्भीर प्रहार : बार अध्यक्ष श्रेष्ठ

काठमाडौं, पुस १० : नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकाभित्र विकृति, विसंगति तथा अनियमितता, भ्रष्टाचार र बिचौलियाहरुको प्रभाव बढेको बताएका छन्। जसले गर्दा...
बिचौलियाहरुको प्रभावले न्यायपालिकाको स्वतन्त्रतामाथि गम्भीर प्रहार : बार अध्यक्ष श्रेष्ठ

काठमाडौं, पुस १० : नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकाभित्र विकृति, विसंगति तथा अनियमितता, भ्रष्टाचार र बिचौलियाहरुको प्रभाव बढेको बताएका छन्। जसले गर्दा न्यायपालिकाको स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको पनि उनले बताए।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आइतबार सर्वोच्च अदालत परिसरमा गरिएको प्रदर्शनपछि सञ्चारकर्मीहरुसँग बोल्दै बार अध्यक्ष श्रेष्ठले स्वतन्त्र र स्वच्छ न्यायपालिका मानवअधिकारको मेरुदण्ड भएको उल्लेख गर्दै त्यसभित्र विकृति, विसंगति हुन नहुनेमा जोड दिएका हुन्।

न्यायपालिकाको स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, जवाफदेहिता कायम गर्न र  न्यायमा सबैको समान पहुँच सुनिश्चित गर्न न्यायपालिकाभित्रको अनियमितता, भ्रष्टाचार एवं बिचौलिया अन्त्य गर्न आवश्यक कदम चाल्न सम्बन्धित सबैले चासो दिनुपर्ने उनको भनाइ थियो।

उनले  प्रधानन्यायाधीश जबरा न्याय सम्पादनको बाधक रहेको उल्लेख गरे। ‘संविधानको धारा १२६ अनुसार न्याय सम्पादनको नेतृत्व लिएका चोलेन्द्र शमशेरले न्याय सम्पादन गर्न नसकेकाले उहाँ असक्षम हुनुहुन्छ, उहाँ पदमा बसिरहन संविधानले दिँदैन,’ उनले भने।

सर्वोच्च  बार अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश जबरा र उनको परिवारको सम्पत्ति शुद्धीकरणका लागि नेताहरु सम्पत्ति शुद्धीकरण कार्यालयमा जाने तयारीमा लागेको जानकारी दिँदै उनले बारले पनि त्यसमा सघाउने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: १३:३० बजे, आइतबार, पुस ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्