Kathmandu Press

निःशुल्क शिविरबाट २२५ जना लाभान्वित

बागलुङ, पुस ११ : बागलुङको बलेवामा सञ्चालित मुटु, स्नायु तथा मानसिक रोगसम्बन्धी एक दिने शिविरमा २२५ जनाले निःशुल्क परीक्षण गराएका छन्। बलेवा एकता बचत...
निःशुल्क शिविरबाट २२५ जना लाभान्वित

बागलुङ, पुस ११ : बागलुङको बलेवामा सञ्चालित मुटु, स्नायु तथा मानसिक रोगसम्बन्धी एक दिने शिविरमा २२५ जनाले निःशुल्क परीक्षण गराएका छन्। बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाले सो शिविर आयोजना गरेको हो।

शिविरमा मुटु, स्नायु तथा मानसिक रोगसम्बन्धी समस्या भएका नारायणस्थान, अमलाचौर, पैंयुपाटा र कुश्मीशेरालगायत स्थानका बासिन्दा उपचारका लागि पुगेका थिए।

कुश्मा अस्पतालका चार चिकित्सकसहित २२ स्वास्थ्यकर्मी सहभागी शिविरमा रू. ७० हजार बराबरको औषधि पनि निःशुल्क उपलब्ध गराइएको सहकारीका प्रबन्धक भरत पौडेलले बताए। शिविरमा प्रयोगशाला, एसिजी, इको जाँचलगायत सेवा उपलब्ध गराइएको उनले जानकारी दिए।

प्रकाशित मिति: १३:१६ बजे, आइतबार, पुस ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्