Kathmandu Press

माओवादीको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव केन्द्रीय कमिटीबाट अनुमोदन 

काठमाडौं, पुस ११ : नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गरेको छ।आइतबार बसेको केन्द्रीय कमिटी बैठकले सो प्रस्तावलाई...
माओवादीको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव केन्द्रीय कमिटीबाट अनुमोदन 

काठमाडौं, पुस ११ : नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गरेको छ।

आइतबार बसेको केन्द्रीय कमिटी बैठकले सो प्रस्तावलाई अनुमोदन गरेको हो। केन्द्रीय कमिटी बैठकलगत्तै माओवादीको स्थायी कमिटी बैठक बसेको छ। 

स्थायी समिति बैठकले महाधिवेशनका सम्बन्धमा थप छलफल गर्नेछ। 

यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव गरेको थियो । सोही प्रस्तावमा छलफल गर्न आइतबार केन्द्रीय कमिटी बैठक बोलाइएको थियो। 

महाधिवेशनमा रुपान्तरण भएपछि उद्घाटन समारोह दिउँसो ३ बजे प्रज्ञा भवन कमलादीमा हुनेछ। 

प्रकाशित मिति: १२:४८ बजे, आइतबार, पुस ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्