Kathmandu Press

सडक दुर्घटनामा परी नाइजेरियामा ६ जनाको मृत्यु

लागोस, पुस ११ : दक्षिण पश्चिम नाइजेरियाको ओगुन राज्यमा शनिबार दुईवटा सवारीसाधन एक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते...
सडक दुर्घटनामा परी नाइजेरियामा ६ जनाको मृत्यु

लागोस, पुस ११ : दक्षिण पश्चिम नाइजेरियाको ओगुन राज्यमा शनिबार दुईवटा सवारीसाधन एक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका प्रहरीले जनाएको छ।

गलत तरिकाबाट ओभरटेकिंग र नियन्त्रण गुमाउँदा दुर्घटना भएको ओगुन राज्यको फेडरल रोड सेफ्टी कोर्प्सका कमान्डर अहमद उमरले राज्यको ओटा सहरमा पत्रकारहरूलाई बताएका छन्। यस दुर्घटनामा कूल १८ व्यक्ति संलग्न रहेका पनि उनले बताएका छन्। 

घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको र मृतकको शव पहिचानका लागि सोही अस्पतालमा राखिएको उमरले बताएका छन्। विशेष गरी चाडपर्वको समयमा उच्च सवारी साधन चल्ने समयमा खतरनाक सवारी नचलाउन सवारी चालकलाई चेतावनी दिइएको पनि उनले बताएका छन्।

नाइजेरियामा प्रायः  घातक सडक दुर्घटनाहरु हुने गरेको पाइन्छ। ओभरलोडिङ, खराब सडक अवस्था, र चालकले  लापरवाह गरी सवारीसाधन चलाउने नै सडक दुर्घटनाका प्रमुख कारणहरु रहेका अनुसन्धानकर्ताको भनाइ रहेको छ। 

प्रकाशित मिति: १२:४४ बजे, आइतबार, पुस ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्