माओवादी केन्द्रले केन्द्रीय कमिटीको आकार बढाउने
काठमाडाैं, पुस ११ : माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आज काठमाडौंमा सुरू हुँदैछ। सम्मलेनले अधिवेशनकै काम गर्ने र नयाँ नेतृत्व पनि चयन गर्ने भनिएको छ।सम्मेलन सुरु...
काठमाडाैं, पुस ११ : माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आज काठमाडौंमा सुरू हुँदैछ। सम्मलेनले अधिवेशनकै काम गर्ने र नयाँ नेतृत्व पनि चयन गर्ने भनिएको छ।
सम्मेलन सुरु हुनुअघि केन्द्रीय कमिटी बैठक बसेको छ। बैठकले केन्द्रीय कमिटीको आकार बढाउने प्रस्ताव अघि सारेको छ। आज बिहान पेरिसडाँडासिथत पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनबाट केन्द्रीय किमटीको आकार बढाउने प्रस्ताव गरेको हो।
बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीको आकार केही बढाउने प्रस्ताव गरेको बताए। माओवादी केन्द्रको अन्तरिम विधानमा केन्द्रीय कमिटी सदस्यको संख्या २९९ सदस्य रहने उल्लेख छ।
यस्तै पदाधिकारी पनि १५ सदस्यीय रहने प्रस्ताव गरिएको छ। जसमा जसमा एक अध्यक्ष एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्ष रहने बताइएको हो ।











