माओवादीको महाधिवेशन : प्रतिनिधिलाई खाजामा मासु चिउरा, खाना र बस्ने व्यवस्था आफै गर्नुपर्ने
काठमाडौं, पुस ११ : नेकपा माओवादी केन्द्रको महाधिवेशनमा आउने प्रतिनिधिहरुले खाना र बस्ने व्यवस्था आफै गर्नुपर्ने भएको छ। महाधिवेशन आयोजक समितिले महाधिवेशन अवधिभर प्रतिनिधिहरुका...
काठमाडौं, पुस ११ : नेकपा माओवादी केन्द्रको महाधिवेशनमा आउने प्रतिनिधिहरुले खाना र बस्ने व्यवस्था आफै गर्नुपर्ने भएको छ। महाधिवेशन आयोजक समितिले महाधिवेशन अवधिभर प्रतिनिधिहरुका लागि पार्टीले खाजाको मात्रै व्यवस्था गरेको बताइएको छ।
खाजाका लागि भने मासु, चिउरा, पनिर लगायतका मेनु तयार पारिएको छ । सो मेनु दैनिक फरकफरक हुनसक्ने पनि मूल व्यवस्थापन समितिले जनाएको छ।
माओवादीको राष्ट्रिय महाधिवेशनमा १५ सय बढी प्रतिनिधिहरुल आउने छन् भने पाँच हजार भन्दा बढी नेता कार्यकर्ता उपस्थित हुने बताइएको छ।
महाधिवेशनको उदघाटन समारोह आज अपराह्न ३ बजे प्रज्ञा भवन कमलादीमा हुने छ । त्यसपछि सुरु हुने बन्दसत्रमा राजनीतिक, सांगठनिक लगायतका प्रतिवेदन पेश हुनेछन् ।
प्रकाशित मिति: १२:०८ बजे, आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











