Kathmandu Press

बेलायतमा एकै दिन १ लाख २२ हजारभन्दा बढी संक्रमित

लन्डन, पुस ११ : बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित पाइएको छ।स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार बेलायतमा शनिबार मात्र १ लाख २२...
बेलायतमा एकै दिन १ लाख २२ हजारभन्दा बढी संक्रमित

लन्डन, पुस ११ : बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित थपिएका छन्।

स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार बेलायतमा शनिबार मात्र १ लाख २२ हजारभन्दा बढी सङ्क्रमित भेटिएका बताइएको छ।

Hardik ivf

शुक्रबार मात्र एकै दिनमा १ लाख २० हजार सङ्क्रमित भेटिएका थिए। यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि नै एकै दिनमा देखिएको यो सबैभन्दा बढी सङ्क्रमित संख्या हो।

त्यसपछि शनिबार मात्र यहाँ १ लाख २२ हजार १८६ जनामा सङ्क्रमण भएको हो। यो नै यहाँ कोरोना भाइरसको सङक्रमण सुरु भएदेखि नै सबैभन्दा धेरै सङ्क्रमित पाइएको बताइएको छ।

बेलायतमा पछिल्ला केही हप्ताहरुमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ। यहाँका अधिकारीहरूले प्रकोप सुरु भएयताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका बताइरहेका छन् ।

त्यसैगरी यहाँ हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ। पछिल्लो समयमा ओमिक्रोन भाइरस देखिएपछि यहाँका कतिपय कार्यक्रमहरूमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ।

यहाँ अहिलेसम्म एक करोड १८ लाख ९१ हजार भन्दा बढी सङ्क्रमित पुगेका छन्। त्यसैगरी बेलायतमा यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजारभन्दा बढी पुगेको बताइएको छ।

यसैगरी पछिल्लो २४ घन्टामा यहाँ १३७ जना कोरोना भाइरसका सङ्क्रमितहरुको ज्यान गएको बताइएको छ। बेलायतका स्वास्थ्य अधिकारीहरुले पछिल्ला हप्ताहरूमा सङ्क्रमणको तुलनामा मृत्यु दरमा भने उल्लेख्य रूपमा कमी आएको देखिएको बताएका छन्।

प्रकाशित मिति: ११:५७ बजे, आइतबार, पुस ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्