Kathmandu Press

ब्राजिलमा कोरोनाबाट एकै दिन १६४ जनाको मृत्यु

साओपाओलो, पुस ११ : ब्राजिलमा शुक्रबारदेखि शनिबारसम्मको २४ घन्टामा मात्र कोरोना भाइरसका कारणा १६४ जनाको ज्यान गएको छ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ पछिल्ला...
ब्राजिलमा कोरोनाबाट एकै दिन १६४ जनाको मृत्यु

साओपाओलो, पुस ११ : ब्राजिलमा शुक्रबारदेखि शनिबारसम्मको २४ घन्टामा मात्र कोरोना भाइरसका कारणा १६४ जनाको ज्यान गएको छ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही हप्तामा कोरोनाको सङ्क्रमणका साथै मृत्यु हुनेको संख्या पनि बढेको पाइएको छ। साथै गएको २४ घन्टामा यहाँ ४ हजार १४६ जनामा सङ्क्रमण भएको छ। यहाँ पछिल्लो समयमा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोन भेरियन्ट पनि बढेको पाइएको छ।

Hardik ivf

यहाँ यो भाइरसको सङ्क्रमण सुरु भएयता ६ लाख १८ हजार ३९२ जनाको यही प्रकोपबाट निधन भएको बताइएको छ। त्यसैगरी यहाँ २ करोड २२ लाखभन्दा बढी सङ्क्रमित भएका छन्। यहाँ पछिल्लो समयमा कोरोना भाइरसको पूर्ण मात्राको खोप लगाउने नागरिकको संख्या बढेको छ तर सङ्क्रमण पनि बढेको पाइएको छ।

यहाँका ६८ प्रतिशत नागरिकले कोभिड विरुद्धको खोप लगाएका छन्। ब्राजिल विश्वमै कोरोना भाइरसका कारण सबैभन्दा बढी नागरिकको ज्यान जाने देशमा अमेरिकापछि दोस्रोमा पर्छ। कोरोना भाइरसबाट सबैभन्दा बढी अमेरिकी नागरिकको ज्यान गएको छ।

प्रकाशित मिति: ११:५१ बजे, आइतबार, पुस ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्