Kathmandu Press

मलेसियाको भीषण बाढीका कारण मृत्यु हुने ४६ जना पुगे

क्वालालाम्पुर, पुस ११ : मलेसियामा केही दिनयताको भीषण बाढीका कारण ४६ जनाको ज्यान गइसकेको छ।केही दिनदेखि जारी मौसमी बाढीबाट शनिबारसम्म ४६ जनाको ज्यान गएको...
मलेसियाको भीषण बाढीका कारण मृत्यु हुने ४६ जना पुगे

क्वालालाम्पुर, पुस ११ : मलेसियामा केही दिनयताको भीषण बाढीका कारण ४६ जनाको ज्यान गइसकेको छ।

केही दिनदेखि जारी मौसमी बाढीबाट शनिबारसम्म ४६ जनाको ज्यान गएको बताइएको हो। उद्धार अधिकारीहरुले अरु आठ जना बेपत्ता रहेको बताएका छन्।

मलेसियाको मौसम विभागले शनिबार पहाङ, तेरेंगानु र केलान्तानका तटीय राज्यहरूमा धेरैको ज्यान गएको बताएको छ। साथै ती क्षेत्रमा अझै पनि भारी वर्षा र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ।

प्रकाशित मिति: ११:४७ बजे, आइतबार, पुस ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्