Kathmandu Press

अब माओवादीमा पनि वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्षसहित १५ पदाधिकारी रहने 

केन्द्रीय समितिले पास गरेको विधान अनुसार माओवादी केन्द्रमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ। माओवादी केन्द्रमा अब वरिष्ठ उपाध्यक्ष पनि रहने भएको छ। 
अब माओवादीमा पनि वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्षसहित १५ पदाधिकारी रहने 

काठमाडौं, पुस ११ : नेकपा माअ‍ोवादी केन्द्रमा १५ जना पदाधिकारी रहने टुंगो लागेको छ। 

आइबार बिहान सकिएको केन्द्रीय समिति बैठकले पास गरेको विधान अनुसार पार्टीमा अध्यक्षदेखि कोषाध्यक्षसम्म १५ जना पदाधिकारी रहने छ।

केन्द्रीय समितिले पास गरेको विधान अनुसार माओवादी केन्द्रमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ। माओवादी केन्द्रमा अब वरिष्ठ उपाध्यक्ष पनि रहने भएको छ। 

यसअघि प्रथम सम्मेलन गर्ने तयारी गरेको माओवादीले त्यसलाई पनि महाधिवेशनमा रुपान्तरण गरेको छ । स्थायी कमिटी बैठकको प्रस्तावलाई आज बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो ।

महाधिवेशनको आज उद्घाटन हुँदैछ ।

प्रकाशित मिति: ११:१५ बजे, आइतबार, पुस ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्