Kathmandu Press

चुनावसम्म गठबन्धन जान्छ : माधव नेपाल

काठमाडाैं, पुस १० : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्मै जाने बताएका छन। दाङको  भालुवाङमा शनिबार भएको पार्टीको लुम्बिनी...
चुनावसम्म गठबन्धन जान्छ : माधव नेपाल

काठमाडाैं, पुस १० : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्मै जाने बताएका छन। दाङको  भालुवाङमा शनिबार भएको पार्टीको लुम्बिनी प्रदेश बृहत् कार्यकर्ता भेलालाई सम्बोधन  गर्दै उनले भने, 'हामी पाँच  दलीय  गठबन्धले नै राष्ट्रियसभामा साझा उम्मेदवार बनाएर जानेछौँ। स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौँ।'

कुनै पनि एक दलको एकल बहुमत आउने सम्भावना कम रहेको भन्दै गठबन्धन गर्न आवश्यक रहेकोसमेत उनले बताए। अहिले एकीकृत समाजवादीलाई माओवादीमा विलय हुने भनी आरोप लाग्ने गरेको भन्दै त्यो कुरा सत्य नभएको समेत बताए। साथै उनले अबको केही समयमा स–साना वामपन्थी पार्टीबीच एकता हुनेसमेत बताए। 'तत्काल कुनै पनि ठूला कम्युनिष्ट पार्टीसँग एकताको सम्भावना छैन,' उनले भने, 'तर, साना केही दलसँग केही दिनमा एकता भएको सुन्नुहुनेछ, हामीले यही १३ गते काठमाडौँमा विभिन्न साना पार्टीसँग एकताको घोषणा गर्दैछौँ।'

साथै उनले एमसीसी हुबहु पारित गर्न नहुनेसमेत बताए। 'हामी कुनै पनि यस्ता कुरालाई स्वीकार गर्न सक्दैनौँ। देशको स्वाभिमानमा आँच पुगोस्, जसले नेपालको आन्तरिक मामिलामा अरुले हस्तक्षेप गर्ने ढोको खोलोस्, छिमेकीलाई सशङ्कित बनाओस्, अरुको शैन्य गठबन्धनमा बाध्ने स्थिति बनोस्,' उनले भने, 'हामी स्वतन्त्र ढङ्गले बाँच्न चहान्छौँ।' उनले निःसर्त, शैन्य र सुरक्षाका कुरासँग नजोडिने विषयमात्रै स्वीकार्य हुनेसमेत बताए। अध्यक्ष नेपालले सङ्घीयता, गणतन्त्रबाट पछि हट्न नसकिनेसमेत बताए। बरु संविधान तथा सङ्घीयतालाई आवश्यकताअनुसार संशोधन गर्न सकिने र अहिलेको निर्वाचन प्रणालीलाई पनि सुधार गर्नुपर्ने अध्यक्ष नेपालले बताए।

प्रकाशित मिति: १९:३८ बजे, शनिबार, पुस १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्