Kathmandu Press

आठ केजी गाँजासहित एक पक्राउ

झापा, पुस १० : दमक नगरपालिका–१ स्थित रतुवा खोलाको बगरबाट आठ केजी गाँजासहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम माङसेबुङ...
आठ केजी गाँजासहित एक पक्राउ

झापा, पुस १० : दमक नगरपालिका–१ स्थित रतुवा खोलाको बगरबाट आठ केजी गाँजासहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम माङसेबुङ गाउँपालिका–६ का ४६ वर्षीय वीरकुमार राई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताए।

उनलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखी अनुसन्धान प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १९:२० बजे, शनिबार, पुस १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्