लिगको हेभिवेट भीडन्तमा मछिन्द्रको जित, एएफसी कप छनोट खेल्ने सम्भावना बलियो
काठमाडाैं, पुस १० : काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगको हेभिवेट भीडन्तमा मछिन्द्र क्लब विजयी भएको छ। दर्शकले भरिएको दशरथ रंगशालामा शनिबार...
काठमाडाैं, पुस १० : काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगको हेभिवेट भीडन्तमा मछिन्द्र क्लब विजयी भएको छ। दर्शकले भरिएको दशरथ रंगशालामा शनिबार भएको खेलमा मछिन्द्रले लिगकै सर्वाधिक सफल टिम मनाङमाथि १–०को जित निकाल्यो।
राष्ट्रिय टिमका स्ट्राइकर सुनिल बलले इन्जुरी समयमा गोल उत्कृष्ट गोल गरेपछि डिफेन्डिङ च्याम्पियन मछिन्द्र वियजी भएको थियो छ। लिकै सबैभन्दा ठूलो र महत्वपूर्ण खेल हेर्न शनिबार दशरथ रंगशालामा १० बढी मानिस उपस्थित भएको बताइएको छ।
दुई ठूला क्लबबीचको रोमाञ्चक र प्रतिस्पर्धामक खेल बराबरी तर्फ उन्मूख थियो । तर, इन्जुरी समयको पहिला मिनेटमा मछिन्द्रले डिबक्सको केही बाहिरबाट फ्रिकिकको अवसर पायो । सो अवसरमा सुनिल बलले कुनै गल्ती नगरी गोल गर्दै टिमलाई जित दिलाए।
यो जितसँगै मछिन्द्र मनाङलाई नै पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । र, एएफसी कप छनोट खेल्ने सम्भावना बलियो बनाएको छ। मछिन्द्रको १४ र मनाङको १३ अंक छ।
सातौं चरणको समाप्तिमा शीर्ष स्थानमा रहने टिमले एएफसी कप छनोट खेल्ने भएकाले अर्को खेलमा जित निकाले मछिन्द्रले एएफसी कप छनोट खेल्नेछ। मछिन्द्रले अघिल्लो पटक लिग च्याम्पियन भएपछि क्लब लाइसेन्स नहुँदा एएफसी कप छनोट खेल्न पाएको थिएन । उसको स्थानमा लिगको उपविजेता आर्मीले एएफसी कप छनोट खेलेको थियो ।











