Kathmandu Press

आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु

एथेन्स, पुस १० : एजियन सामुद्रिक टापु पारोस नजिकै शुक्रबार राति शरणार्थी डुंगा डुब्दा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ।मृत्यु हुनेमा एक शिशु...
आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु

एथेन्स, पुस १० : एजियन सामुद्रिक टापु पारोस नजिकै शुक्रबार राति शरणार्थी डुंगा डुब्दा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ।

मृत्यु हुनेमा एक शिशु पनि रहेको ग्रीक सञ्चारमाध्यमले शनिबार जनाएका छन्। ग्रिसेली राष्ट्रिय समाचार संस्था एमएनएका अनुसार चार दिनको अन्तरालमा ग्रीक पानीमा भएको यो तेस्रो दुःखद घटना हो।

यसअघि ग्रीसको हेलेनिक कोष्ट गार्डले एजियन समुहको एन्टिकिथेरा टापुमा बिहीबार डुबिरहेको शरणार्थी र प्रवासी डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको जनाएको थियो।

उत्त घटनामा परी घाइते भएका ९० यात्रुको उद्धार गरिएको छ । ग्रीसका अधिकारीहरूले फोलेगान्ड्रोस टापु नजिकै गत बुधबार पनि एउटा डुङ्गा डुबेको थियो भने उक्त घटनामा तीन जनाको मृत्यु भएको र थियो। डुंगा दुर्घटनामा अन्य १३ जनालाई जीवितै उद्धार गरिएको थियो भने केही मानिसहरू बेपत्ता भएका थिए। 

सन् २०१५ देखि शरणार्थी र आप्रवासीको आश्रयस्थलका रूपमा अग्रपङक्तिमा रहेको छ। विगत छ वर्षमा एजियन समुद्रमा सयौंको मृत्यु भएको छ। 

‘ग्रिक म्यारिटाइम अफेयर्स र इन्सुलर पोलिसी’ मन्त्रीले शनिबार इमेलमार्फत दिएको जानकारीमा भनिएको छ, “सन् २०२१ मा ग्रीसले एक हजार ४५० खोज तथा उद्धार अभियानमार्फत् २९ हजार भन्दा बढी मानिसहरूको उद्धार गरेको छ।

सुरक्षाको आधारभूत स्तर अनुरूप नभएका डुंगाहरूमा अक्सर व्यापारीहरूले दर्जनौं गरीब तथा द्वन्द्वपिडित मानिसहरूलाई ओसारपसार गर्ने गरेका र यसका कारण बढी दुर्घटनाहरू भएका ग्रीसका अधिकारीहरूले बताएका छन्। 

प्रकाशित मिति: १८:११ बजे, शनिबार, पुस १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्