Kathmandu Press

स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार लागेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं, पुस १० : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्न लागेको बताएका छन्।न्युज लाइन्स मिडिया प्रालिको छैटौं...
स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार लागेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं, पुस १० : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्न लागेको बताएका छन्।

न्युज लाइन्स मिडिया प्रालिको छैटौं वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘वार्षिकोत्सव एवं सम्मान’ कार्यक्रममा उनले स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्न वर्तमान सरकार लागेको बताएका हुन्। ‘समृद्ध नेपाल निर्माणका लागि सरकार लागेको छ, सरकार बेरोजगार युवालाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि वातावरण निर्माण गर्दैछ,’ उनले भने।

मन्त्री श्रेष्ठले नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारको महत्वपूर्ण भूमिका रहेको बताउँदै विदेश जाने युवाका लागि तालिम प्रदान गर्न सरकारले सातै प्रदेशमा तालिम केन्द्र निर्माण गर्न लागेको बताए। सामाजिक सुरक्षा कोषलाई सरकारले कडाइका साथ लागू गर्न खोजेको उनको भनाइ थियो।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लोकतन्त्रको मेरुदण्डका रूपमा नेपाली पत्रकारिता क्षेत्र अगाडि बढेको भन्दै सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्नुपर्ने बताए। पूर्वमन्त्री केसीले अनलाइन पत्रकारिताले जनतालाई तत्काल सुसूचित गर्ने कार्य गरेको बताउँदै आवाजविहीनहरूका आवाज बन्न अनलाइनलाई आग्रहसमेत गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य देवेन्द्र प्रधानले नेपाली अनलाइनले सत्य, तथ्य र निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताए। नेपाली कांग्रेस काठमाडौं  महानगरपालिका–४ का सभापति एवं समाजसेवी रामप्रसाद न्यौपानेले अनलाइन मिडियाले समाजमा भएका कमजोरीलाई कुनै लोभ र लालचमा नपरी औँल्याउनुपर्ने बताए।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान०का अध्यक्ष खुमबहादुर सुवेदीले कोरोनाले थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

कोरोना भ्याक्सिन लगाएका पर्यटकलाई नेपालमा निर्वाध हिँड्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो। न्युज लाइन्स मिडियाका प्रधानसम्पादक राजु भट्टले पत्रकारिताको भावना र मर्मअनुसार आफ्नो मिडियाले सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्दै आएको बताए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष मोहम्मद मुसलमान, सार्थक नेपाल अभियानका अध्यक्ष भरत गौतम, नेकपा ९एकीकृत समाजवादी० बागमती प्रदेश सदस्य भक्त श्रेष्ठ, पत्रकार सरोज ओझालगायतले अनुशासित र मर्यादित ढङ्गले पत्रकारिता गर्न आग्रह गरे।

न्यूज लाइन्स मिडियाकी प्रबन्ध निर्देशक रीता ढकालले समृद्ध नेपाल निर्माणका लागि सकारात्मक समाचार सम्प्रेषणलाई न्यूज लाइन्स मिडियाले सधैँ अग्रभागमा बसेर कलम चलाउने बताए।

कार्यक्रममा समाजमा विशेष योगदान पु¥याउने रामप्रसाद न्यौपाने, शिवहरि गिरी, नीरज सिटौला, पुष्कल मल्ल, अनिल पोखरेल, शिवलोचन पराजुली, महेशजङ्ग कुँवर, भीमसुब्बा गुरुङ, तुलसा कोइराला, भक्तबहादुर (बिबी) कार्की, नवीना खड्का, भुषण महर्जन र रमेश पौडेललाई सम्मान गरिएको थियो।

प्रकाशित मिति: १७:४६ बजे, शनिबार, पुस १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्