Kathmandu Press

आइतबार माओवादीको केन्द्रीय समिति बैठक बस्ने

काठमाडाैं, पुस १० : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक भोलि बस्ने भएको छ। आइतबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय...
आइतबार माओवादीको केन्द्रीय समिति बैठक बस्ने

काठमाडाैं, पुस १० : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक भोलि बस्ने भएको छ। आइतबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। 

आइतबारदेखि माओवादीको प्रथम राष्ट्रिय सम्मेलन हुँदैछ। सम्मेलन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने प्रवक्ता महराले आइतबार अपराह्न १ बजे सम्मेलन सुरु हुने जानकारी दिए।

सम्मेलनको तयारीस्वरुप आज अपराह्न बसेको स्थायी समिति बैठकमा सहभागी हुने प्रतिनिधिका सम्बन्धमा छलफल भएको उनले बताए। 

प्रकाशित मिति: १७:४२ बजे, शनिबार, पुस १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्