Kathmandu Press

२३औं पोखरा सडक महोत्सव हुँदै

२३औं पोखरा सडक महोत्सव हुँदै

पोखरा, पुस १० : अंग्रेजी नयाँ वर्ष सन् २०२२ का उपलक्ष्यमा यही पुस १५ देखि १७ गतेसम्म २३औं  पोखरा सडक महोत्सव आयोजना हुने भएको छ। 

रेस्टुरेन्ट एण्ड बार एशोसिएशन पोखरा (रेवान) द्वारा पोखरालाई ‘अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’ का रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो।

महोत्सवका संयोजक नरेश भट्टराईले कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै महोत्सव आयोजना गरिने बताए। 

रेवानले पत्रकार सम्मेलनमार्फत २३औैं संस्करणको महोत्सवका गतिविधिबारे जानकारी दिँदै ‘पोखरा खुल्लै छ’ भन्ने सकारात्मक सन्देशका साथ पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको जनाएको छ। पोखराको लेक साईड क्षेत्रको तीन किलोमिटर क्षेत्रमा महोत्सव आयोजना हुनेछ। 

सडकमै खाउँ, सडकमै रमाऔँ भन्ने उद्देश्यका साथ विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रवद्र्धन गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाकी प्रदर्शन, रात्रीकालीन कन्सर्ट, बोट रेस, खेलकुद प्रतियोगिता आदि आयोजना गरिनेछ।

महोत्सवले कोभिड महामारीले सुस्ताएको पर्यटन व्यवसायमा केही हदसम्म उत्साह थपिने संयोजक भट्टराईले बताए।

प्रकाशित मिति: १७:११ बजे, शनिबार, पुस १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्