Kathmandu Press

क्रिसमसको दिन ४ हजार ५०० उडान रद्द

क्रिसमसको दिन ४ हजार ५०० उडान रद्द

न्युयोर्क, पुस १० : विश्वका धेरै देशमा मनाइने क्रिसमस पर्वको दिन चार हजार ५०० भन्दाबढी विमान उडान रद्ध भएका छन्। 

अत्यधिक धेरै यात्रा हुने दिनका रुपमा समेत चिनिने क्रिसमसका दिन शनिवार यति धेरै विमान सेवा रद्ध भएको अधिकारीले जनाएका छन्। 

Hardik ivf

कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण थप फैलिने डरले क्रिसमसकै दिनको उडान पनि रद्ध भएको हो। 

त्यसैगरी अरु हजारौं उडानमा ढिलाइ पनि भएको उडानसम्वन्धी सूचना प्रवाह गर्ने वेबसाइड फ्लाइट अवेर डटकममा उल्लेख गरिएको छ।

उडान रद्ध तथा ढिलाई हुँदा अमेरिकी राष्ट्रपति जो वाइडेनसहित विश्वका प्रभावशाली व्यक्तिसमेतलाई असर परेको छ। 

यसअघि गत शुक्रबार मात्रै २४ सयभन्दा बढी उडान रद्ध भएका थिए भने ११ हजारभन्दा बढी उडानमा ढिलाइ भएको थियो।

यो समाचार तयार पार्दा सम्ममा आगामी आइतबारका लागि तय भएका ६०० भन्दा बढी उडान पनि रद्ध भइसकेका र अरु पनि धेरै रद्ध हुन सक्ने बताइएको छ।

प्रकाशित मिति: १६:५२ बजे, शनिबार, पुस १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्