Kathmandu Press

२४ घण्टामा १६७ जनामा कोरोना संक्रमण पुष्टि, एककाे मृत्यु

काठमाडौं, पुस १० : मुलुकभर पछिल्लो २४ घण्टामा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४४७...
२४ घण्टामा १६७ जनामा कोरोना संक्रमण पुष्टि, एककाे मृत्यु

काठमाडौं, पुस १० : मुलुकभर पछिल्लो २४ घण्टामा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४४७ नमुनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २८३ नमुनाको पीसीआर परीक्षण गर्दा १५७ जनामा संक्रमण देखिएको छ भने २ हजार १६४ नमुनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको हो। 

सोही अवधिमा २२६ जना कोरोना जितेर घर फर्किएका छन् भने १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। 

योसँगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार १८३ पुगेको छ। त्यस्तै निको हुनेको कुल संख्या ८ लाख १० हजार ४९७ पुगेको छ। कोरोनाका  कारण हालसम्म ११ हजार ५८३ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ४ हजार ९७८ रहेको छ। जसमध्ये ४ हजार ७४४ जना होम आइशोलेसनमा रहेका छन्। त्यस्तै २३४ जना संस्थागत आइसोलेसनमा छन्। 

यसैगरी ८१ जनाको आइसीयूमा उपचार भइरहेको छ भने २२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:३६ बजे, शनिबार, पुस १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्