‘क्रिसमसले सबै नेपालीबीच आपसी सद्भाव बढाउनेछ’
सुर्खेत, पुस १० : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री शाहीले आज सन्देश जारी गर्दै...
सुर्खेत, पुस १० : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री शाहीले आज सन्देश जारी गर्दै क्रिसमसले सबै नेपालीबीच आपसी सद्भाव र बन्धुत्वको भावना कायम राख्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन्।
शुभकामना सन्देशमा भनिएको छ, ‘क्रिसमस डे जस्ता पर्वले नेपालीबीच आपसी विश्वास, पे्रम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउने तथा विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेको समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि हुने विश्वास लिएको छु।’
प्रकाशित मिति: १६:२५ बजे, शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











