Kathmandu Press

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्दै कांग्रेस

काठमाडौं, पुस १० : नेपाली कांग्रेसले निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक र राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज नै दल दर्ता गर्ने जनाएको छ।पार्टीको...
राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्दै कांग्रेस

काठमाडौं, पुस १० : नेपाली कांग्रेसले निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक र राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज नै दल दर्ता गर्ने जनाएको छ।

पार्टीको १४औं महाधिवेशनपछि आज बसेको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आजै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो।

आयोगले केही दिनअघि पुस १० गते अन्तिम समय तोकी दल दर्ताको सूचना प्रकाशन गरेको थियो। यसैगरी बैठकले संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार आयोगमा दर्ता अद्यावधिक गर्ने निर्णयसमेत गरेको छ।

यसबाहेक बैठकले महाधिवेशनमा प्रकट भएको उत्साह, एकता र रुपान्तरणको भावना आत्मसात् गर्दै पार्टीमा सुदृढ एकता कायम गरेर अगाडि बढ्ने निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।

यसैगरी बैठकले महाधिवेशन सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिने निर्णयसमेत गरेको उनले बताए। 

प्रकाशित मिति: १६:२२ बजे, शनिबार, पुस १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्