तीन वर्षभित्र नेपाल काठमा आत्मनिर्भर हुन्छ : मन्त्री यादव
काठमाडौं, पुस १० : वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले आगामी तीन वर्षभित्रमा देशलाई काठमा आत्मनिर्भर बनाउने प्रतिबद्दता व्यक्त गरेका छन्। नेपाल फर्निचर तथा फर्निसिङ...
काठमाडौं, पुस १० : वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले आगामी तीन वर्षभित्रमा देशलाई काठमा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घको सातौं वार्षिक साधारणसभा तथा चौथो महाधिवेशनको उद्घाटन गर्दै उनले आगामी सन् २०३० सम्ममा नेपालको कुल भूभागको ४५ प्रतिशत वन क्षेत्र बनाइने बताए।
उनले भने, ‘अहिले कुल भूभागको ४४ प्रतिशत वन जंगल छ, अब आगामी २०३० सम्ममा ४५ प्रतिशत पु¥याउने र तीन वर्षभित्रमा वन÷जंगल र काठमा आत्मनिर्भर बनाउँदै पाँच वर्षभित्रमा काठ निर्यात गर्ने योजना रहेको छ।’
मन्त्री यादवले वन तथा काठमा देखिएको समग्र समस्या समाधानका लागि सम्बन्धित क्षेत्रको सल्लाह र सुझावका आधारमा वन ऐनको नियमावली अन्तिम रूप लिने जनाउँदै त्यसका लागि सहयोेग गर्न आह्वान गरे।
अब वनलाई दिगो व्यवस्थापन गर्दै विदेशभित्र उत्पादित काठलाई सहज रुपमा प्राप्त गर्ने व्यवस्था मिलाउने, काठ कटान र टेन्डरमा देखिएको विचौलीको समस्या समाधान गर्ने उनको भनाइ छ।
मन्त्री यादवले फर्निचर र फर्निसिङ्ग क्षेत्रका व्यवसायीलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराउने पनि प्रतिबद्धता व्यक्त गरे।
महासङ्घका अध्यक्ष रामप्रसाद न्यौपानेले नेपालमा नेपाली काठ सहजरुपमा उपलब्ध नहँदा व्यवसायीले विभिन्न समस्या भोग्नुपरेको गुनासो गरे। उनले उद्योगका लागि प्रयोग हुने कच्चा पदार्थमा लाग्ने भन्सार महसूल कम भयो भने उत्पादन लागत कम हुने विश्वास व्यक्त गरे।
महासंघका महासचिव ओमबहादुर बस्नेतले नेपाल पछिल्लो समयमा प्लाष्टिक फर्निचर, ग्राफिक कार्पेट, म्याटे«स, भेलोर कार्पेट, गलैँचा पिभिसी कार्पेटलगायत फर्निचर÷फर्निसिङमा आत्मनिर्भर बन्दै गएको बताए।
युवा विदेश पलायन भएको अवस्थामा उद्योग क्षेत्रमा कामदारको अभाव झेल्नुपर्ने तथा तेस्रो मुलुकबाट दक्ष कमदार मगाउँदा उत्पादन लागत बढ्ने महासङ्घको भनाइ छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ।











