Kathmandu Press

मलेसियामा भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ४१ पुग्यो

क्वालालम्पुर, पुस १० : मलेसियामा भारी मौसमी बाढीबाट मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ भने आठ जना अझै बेपत्ता छन्। यसअघि बाढीमा २७ जनाको...
मलेसियामा भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ४१ पुग्यो

क्वालालम्पुर, पुस १० : मलेसियामा भारी मौसमी बाढीबाट मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ भने आठ जना अझै बेपत्ता छन्। 

यसअघि बाढीमा २७ जनाको मृत्यु भएको बताइएको थियो। हाल बाढीमा परी मृत्यु हुनेमा २६ पुरुष, १३ महिला र दुई बालबालिका रहेका छन्। प्रहरी महानिरीक्षक तान श्री एक्रिल सानी अब्दुल्लाह सानीका अनुसार ४१ जनाको मृत्युमध्ये २५ जना सेलांगोरमा, १५ जना पहाङमा र एक जना केलान्तानमा रहेका छन्।

मलेसियाको मौसम विभागले शनिबार पहाङ, तेरेंगानु र केलान्तानका तटीय राज्यहरूमा भारी वर्षा र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ।

मलेसियामा वर्षायाममा बाढी आउनु सामान्य कुरा हो तर डिसेम्बर १७ मा देशको पूर्वी क्षेत्रमा परेको मुसलधारे पानी डिसेम्बर १९ सम्म जारी रहेपछि यसले विनाशकारी रूप लिएको छ। 

प्रकाशित मिति: १३:१७ बजे, शनिबार, पुस १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्