Kathmandu Press

बंगलादेशमा यात्रुवाहक डुंगामा आगोलागी हुँदा ३७ जनाको मृत्यु

ढाका, पुस ९ : बंगलादेशको झालकोटी नजिकैको सुगन्धा नदीमा यात्रुवाहक डुंगामा आगोलागी हुँदा ३७ जनाको मृत्यु भएको छ। सयजनाजति घाइते भएका अधिकारीहरूले बताएको...
बंगलादेशमा यात्रुवाहक डुंगामा आगोलागी हुँदा ३७ जनाको मृत्यु

ढाका, पुस ९ : बंगलादेशको झालकोटी नजिकैको सुगन्धा नदीमा यात्रुवाहक डुंगामा आगोलागी हुँदा ३७ जनाको मृत्यु भएको छ। डुंगामा आगोलागीमा परी सयजनाजति घाइते भएकाे त्यहाँका अधिकारीहरूले बताएको बिबिसीले जनाएको छ।

बिबिसीले जनाएअनुसार डुंगामा झन्डैपाँच सय यात्रु रहेको जनाइएको छ। डुंगा राजधानी ढाकाबाट करिब २५० किलोमिटर दक्षिणमा रहेको बारगुना सहरतर्फ गइरहेको थियो ।
 
केही पीडितहरू पानीमा हाम फालेपछि डुबेका थिए। मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ। घटनाबारे अनुसन्धान गर्न विशेष समिति गठन गरिएको छ।

प्रकाशित मिति: १४:३४ बजे, शुक्रबार, पुस ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्