Kathmandu Press

भारतमा ओमिक्रोनका ११४ जना संक्रमित भए निको 

भारतमा ओमिक्रोनका ११४ जना संक्रमित भए निको 

नयाँ दिल्ली, पुस ९ : भारतमा कोरोना भाइरसबाट थप छहजार ६५० सङ्क्रमित भएपछि यहाँ कूल सङ्क्रमितको संख्या तीन करोड ४७ लाख ७२ हजार ६२६ पुगेको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ।

तीमध्ये ३५८ मा ओमिक्रोन भेरियन्ट देखिएको पनि मन्त्रालयले जानकारी दिएको छ। महाराष्ट्रमा ८८ जना, दिल्लीमा ६७, जना ओमिक्रोनका सङ्क्रमित रहेका छन्। ओमिक्रोनका ११४ जना सङक्रमित भने निको भएका जनाइएको छ। 

Hardik ivf

सोही अवधिमा थप ३७४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। यससँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ७९ हजार १३३ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ। पछिल्ला हप्ताहरूमा सङ्क्रमणको तुलनामा मृत्युदरमा भने उल्लेख्यरूमा कमी आएको देखिएको बताइएको छ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७७ हजार ५१६ रहेको छ। अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.२२ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ। सक्रिय सङ्क्रमितको यो सङ्ख्या ७७५ दिनको नै सब भन्दा कम रहेको अधिकारीले जनाएका छन्। 

गएको २४ घण्टामा भारतमा सात हजार ५१ कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४२ लाख १५ हजार ९७७ जनालाई कोरोना सङ्क्रमण निको भएका छन्। भारतमा कोरोना भाइरस निको हुने दर ९८।४२ प्रतिशत रहेको जनाइएको छ। यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ।

भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६६ करोड ९६ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ। यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ३८ करोड ४३ लाखभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ। 

प्रकाशित मिति: १४:३० बजे, शुक्रबार, पुस ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्