Kathmandu Press

श्रीलंकाका प्रधानमन्त्री राजपाक्षले गरे आन्ध्र प्रदेशको वेंकटेश्वरमा पूजा

तिरुमाला (आन्ध्र प्रदेश), पुस ९ :  श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्ष र उनकी पत्नी शिरान्ती राजपाक्षले शुक्रबार तिरुमालाको प्रसिद्ध पहाडी वेंकटेश्वर स्वामीको मन्दिरमा पूजाअर्चना गरेका...
श्रीलंकाका प्रधानमन्त्री राजपाक्षले गरे आन्ध्र प्रदेशको वेंकटेश्वरमा पूजा

तिरुमाला (आन्ध्र प्रदेश), पुस ९ :  श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्ष र उनकी पत्नी शिरान्ती राजपाक्षले शुक्रबार तिरुमालाको प्रसिद्ध पहाडी वेंकटेश्वर स्वामीको मन्दिरमा पूजाअर्चना गरेका छन्। उनीहरू हाल भारतको तीर्थयात्रामा छन्। 

यसअघि मन्दिरको महाद्वारम आइपुग्दा उनलाई तिरुमाला तिरुपति देवस्थानमका संयुक्त कार्यकारी अधिकृत वीरब्रह्मम र प्रमुख सतर्कता र सुरक्षा अधिकारी गोपीनाथ जट्टीले स्वागत गरेका थिए। मन्दिर दर्शनपछि रंगनायकुला मण्डपममा वैदिक पण्डितहरूले उनलाई प्रसाद प्रदान गरे।

आन्ध्र प्रदेशका उपमुख्यमन्त्री नारायण स्वामी पनि श्रीलंकाका प्रधानमन्त्रीको तिरुमाला मन्दिर भ्रमणका क्रममा उपस्थित थिए।

प्रकाशित मिति: १४:१० बजे, शुक्रबार, पुस ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्