Kathmandu Press

आप्रवासी भाग्ने क्रममा डुबेर लिबियामा ७० जनाको मृत्यु, १०० बेपत्ता

त्रिपोली, पुस ९ : लिबियाली सामुद्रिक किनारमा यसै हप्ता मात्र कम्तीमा पनि ७० जना अवैध रुपमा आवतजावत गर्न खोज्ने आप्रवासीहरुको डुबेर मृत्यु भएको छ।संयुक्त...
आप्रवासी भाग्ने क्रममा डुबेर लिबियामा ७० जनाको मृत्यु, १०० बेपत्ता

त्रिपोली, पुस ९ : लिबियाली सामुद्रिक किनारमा यसै हप्ता मात्र कम्तीमा पनि ७० जना अवैध रुपमा आवतजावत गर्न खोज्ने आप्रवासीहरुको डुबेर मृत्यु भएको छ।

संयुक्त राष्ट्रसंघले बिहीबार प्रकाशन गरेको एक प्रतिवेदनमा सो तथ्य सार्वजनिक भएको छ। यस समयमा यहाँका अरु कम्तीमा पनि १०० जना आप्रवासीहरु हराइरहेका पाइएको छ।

यसरी मृत्यु हुनेमा बालबालिका पनि रहेका छन्। अरु ठूलो संख्याका बालबालिका हराइरहेका संयुक्त राष्ट्रसंघीय बालकोषले जानकारी दिएको हो। यहाँ आप्रवासीहरुको अवस्था निकै दयनीय रहेको बताइएको छ।

यो सामुद्रिक किनाराबाट भाग्ने क्रममा कागजात नभएका आप्रवासीहरु यसरी डुब्ने गर्दछन्। यस क्रममा निकै लामो समयदेखि यहाँ कैयौँ आप्रवासीको ज्यान जाने गरेको छ। यसका लागि सहयोग गर्न संयुक्त राष्ट्रसंघले विश्व समुदायलाई बारम्बार आग्रह गर्ने गरेको छ।

प्रकाशित मिति: १२:१९ बजे, शुक्रबार, पुस ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्