Kathmandu Press

आतंकवादीसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु

बलुचिस्तान, पुस ९ : बलुचिस्तानको केच जिल्लामा शुक्रबार आतंकवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ।इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर), लान्स नाइक...
आतंकवादीसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु

बलुचिस्तान, पुस ९ : बलुचिस्तानको केच जिल्लामा शुक्रबार आतंकवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ।

इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर), लान्स नाइक मञ्जर अब्बासका अनुसार सिपाही अब्दुल फत क्षेत्रको सुरक्षा जाँच चौकीको प्रतिरक्षा गर्ने क्रममा मारिएका थिए।

आइएसपीआरले आक्रमणपछि भागेका आतङ्ककारीहरूको खोजी अभियान जारी रहेको पुष्टि गरेको छ। ‘सुरक्षा बल बलुचिस्तानको शान्ति, स्थिरता र प्रगतिमा बाधा पुर्‍याउने उद्देश्यले  सक्रिय शत्रु तत्त्वहरूको त्यस्ता कार्यहरूलाई परास्त गर्न कटिबद्ध छ,’ आईएसपीआरले जियो न्युजलाई बताएको छ।

यस महिनाको सुरुमा, बलुचिस्तानको अब्दोई सेक्टरमा पाकिस्तान–इरान सीमामा रहेको सुरक्षा बलको जाँच चौकीलाई आतंकवादीहरूले निसाना बनाएपछि पाकिस्तानी सेनाका एक सैनिकको मृत्यु भएको थियो।

प्रकाशित मिति: १२:१२ बजे, शुक्रबार, पुस ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्