Kathmandu Press

गाम्बियाका नवनिर्वाचित राष्ट्रपतिलाई चिनियाँ राष्ट्रपति सीको बधाई 

बेइजिङ, पुस ९ : चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार गाम्बियाको राष्ट्रपतिमा पुनस् निर्वाचित भएकामा अदामा ब्यारोलाई बधाइ सन्देश पठाएका छन्।आफ्नो सन्देशमा राष्ट्रपति सीले चीन...
गाम्बियाका नवनिर्वाचित राष्ट्रपतिलाई चिनियाँ राष्ट्रपति सीको बधाई 
Hardik ivf

बेइजिङ, पुस ९ : चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार गाम्बियाको राष्ट्रपतिमा पुनस् निर्वाचित भएकामा अदामा ब्यारोलाई बधाइ सन्देश पठाएका छन्।

आफ्नो सन्देशमा राष्ट्रपति सीले चीन र गाम्बियाबीच कूटनीतिक सम्बन्ध पुनः शुरु गरेदेखि उनीहरूबीचको राजनीतिक आपसी विश्वास अझ गहिरो भएको, विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग फलदायी भएको र दुवै पक्षले आ–आफ्ना मूल मुद्दाहरूमा एकअर्कालाई समझदारी र समर्थन गरेको बताएका छन्।

राष्ट्रपति सीले चीन–गाम्बिया सम्बन्धको विकासलाई ठूलो महत्त्व दिएको र चीन–अफ्रिका सहयोग फोरमको ढाँचाभित्र द्विपक्षीय सहयोगलाई अझ गहिरो बनाउन ब्यारोसँग काम गर्न तयार रहेको बताएका छन्। 

प्रकाशित मिति: ११:५५ बजे, शुक्रबार, पुस ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्