Kathmandu Press

अफगानिस्तानमा ‘सबैभन्दा खराब मानवीय विपत्ति’ आउनसक्ने जर्मनीको चेतावनी

जर्मनी, पुस ८ : जर्मनीकी नयाँ विदेशमन्त्री अन्नालेना बायरबोकले अफगानिस्तानमा ‘वर्तमान् समयको सबैभन्दा खराब मानवीय विपत्ति’ लाई रोक्नुपर्ने बताएका छन्। उनले जर्मनीले अन्तर्राष्ट्रिय...
अफगानिस्तानमा ‘सबैभन्दा खराब मानवीय विपत्ति’ आउनसक्ने जर्मनीको चेतावनी

जर्मनी, पुस ८ : जर्मनीकी नयाँ विदेशमन्त्री अन्नालेना बायरबोकले अफगानिस्तानमा ‘वर्तमान् समयको सबैभन्दा खराब मानवीय विपत्ति’ लाई रोक्नुपर्ने बताएका छन्। उनले जर्मनीले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन।

पद ग्रहण गरेको दुई हप्तापछि उनले भने, 'बर्लिनले सबैभन्दा खाँचोमा परेका अफगानीहरूलाई बाह्य सहायता पुर्‍याउनेबाहेक तालिबान समूहका कारण विशेष गरी अफगानी महिला तथा केटीहरू बढी खतरामा रहेका उनीहरूलाई आवश्यक उद्धार अभियान चलाउनु बाञ्छनीय हुनेछ।'

Hardik ivf

बायरबोकले संवाददाताहरूसँग भने, 'हाम्रो नजरअगाडि अफगानिस्तान हाम्रो समयको सबैभन्दा भयावह मानवीय विपत्तितिर लम्किरहेको छ। अर्थतन्त्रका प्रमुख क्षेत्रहरू ढलेका छन्, थुप्रै मानिसहरू भोकभोकै छन्। निराश भएका परिवारहरूले आफ्ना छोरीहरूलाई खाना किन्न बेचिरहेका छन् भन्ने कुराले कसको मन नछोला र?'

यस हिउदमा २४ लाख अफगानीलाई बाँच्नका लागि सहयोगको आवश्यकता पर्ने अनुमान गरिएको उनले बताए। 'हामीले कुनै कदम नचालेका कारण सयौं हजार बालबालिका मृत्युको मुखतिर धकेलिइरहेका छन्,' बायरकोकले भने।

मानवीय सहायता अफगानिस्तानमा पुग्न सकोस् र विशेष गरी देशलाई सुरक्षाको खाँचोमा परेकाहरूलाई ल्याउन सकियोस् भनी बर्लिनले आफ्ना अन्तरराष्ट्रिय साझेदारहरूसँग छलफल चलाउने उनले बताए।

जर्मनीले आफ्नो दुई दशक लामो सैन्य सहभागिताको अन्तमा भाग लिन सहमत भएका लगभग १५ हजार मानिसहरू अझै पनि उद्धारको प्रतीक्षामा अफगानिस्तानमा थिए भन्ने विषयलाई बिर्सने छैन। उनले भने,'उनीहरूलाई उद्धार गर्नु बर्लिनको लागि ‘उच्च प्राथमिकता’ हुनेछ।'

यी प्रयासको केन्द्र संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् हुनुपर्ने उनको धारणा थियो। बुधबार तालिबानको हातबाट कोष बाहिर राख्ने प्रयास गर्दै मानवीय सहायतालाई हताश अफगानीहरूसम्म पुग्न मदत गर्न अमेरिकाद्वारा प्रस्तावित प्रस्तावनालाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले सर्वसम्मतरूपमा पारित गरेको छ।

अगस्तमा तालिबान सत्तामा फर्केपछि संयुक्त राष्ट्रसंघले सहायता निर्भर अफगान अर्थव्यवस्थाको लागि ‘अपूर्व वित्तीय झट्का’ भनेको थियो। लामो समयपछि सत्तामा आएको तालिवान समूहप्रति अविश्वास गर्दै अमेरिका तथा केही पश्चिमी मुलुकले अरबौं डलर सहायतालाई रोकेको छ भने अफगानिस्तानको विदेशमा रहेको सम्पत्ति रोक्का गरेको छ।

प्रकाशित मिति: २०:२८ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्