Kathmandu Press

व्यवहारिक शिक्षा हाम्रो प्राथमिकता हो : मुख्यमन्त्री पोखरेल

गण्डकी, पुस ८ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले व्यवहारिक शिक्षामा लगानी गर्ने बताएका छन। आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकास्थित...
व्यवहारिक शिक्षा हाम्रो प्राथमिकता हो : मुख्यमन्त्री पोखरेल

गण्डकी, पुस ८ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले व्यवहारिक शिक्षामा लगानी गर्ने बताएका छन। आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकास्थित रहजरमा रहेको देवचुली माध्यमिक विद्यालयको स्वर्णमहोत्सव उद्घाट गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशमा शिक्षाको गुणस्तर वृद्धिका लागि व्यवहारिक शिक्षालाई प्राथमिकतामा राखिएको बताए।

प्रदेशका सबै जिल्लामा ‘प्रदेश प्रमुख शिक्षा सुधार कार्यक्रम’ ल्याएर सोही कार्यक्रम अन्तर्गत शिक्षा क्षेत्र बलियो र व्यवहारमा प्रयोग आउने गरी लागू गर्ने योजना बनाइएको मुख्यमन्त्री पोखरेलले बताए। गण्डकी प्रदेश सरकारले शिक्षा नीति बनाइसकेको भन्दै पोखरेलले सरकारले बनाएको शिक्षा नीतिलाई व्यवहारिक शिक्षामा बढी केन्द्रित गरेर योजना बनाउने बताए। अहिले युवा उच्च शिक्षा लिएर पनि प्रमाणपत्र लिने काम मात्रै भएको उल्लेख गर्दै पोखरेलले त्यो प्रमाणपत्रले रोजगार सिर्जना गर्न नसकेको बताए।

Hardik ivf

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले शिक्षासँगै क्रमशः सीपको विकास गरेर लैजाने र त्यही शिक्षाले रोजगारको वातावरण सिर्जना गर्नेगरी काम गर्ने बताए। प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म सामुदायिक विद्यालयको स्तरोन्नतिमा लाग्ने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता जनाए। कार्यक्रममा मुख्यमन्त्री पोखरेलले प्रदेशमा रहेका सामुदायिक विद्यालयलाई सरकारले ठूला र नमूना विद्यालयको रुपमा विकास गर्ने गरी काम गरिरहेको बताए।

देवचुली माध्यमिक विद्यालयले आजदेखि सुरु गरेको स्वर्ण महोत्सव कार्यक्रममा विभिन्न शैक्षिक कार्यक्रम आयोजना गर्दै वैशाख १ गते समापन गर्ने जनाएको छ।

प्रकाशित मिति: १९:४८ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्