नेविसंघले सरकारी गाडी जलायो
पोखरा, माघ १९ : नेपाल विद्यार्थी संघले पोखरामा सार्वजनिक विदाको दिनमा सरकारी गाडी चलाएको भन्दै पेट्रोल खन्याएर आगो लगाएको छ ।
पोखरामा ....

पोखरा, माघ १९ : नेपाल विद्यार्थी संघले पोखरामा सार्वजनिक विदाको दिनमा सरकारी गाडी चलाएको भन्दै पेट्रोल खन्याएर आगो लगाएको छ ।
पोखरामा महानगरपालिका वडा नम्वर ७ स्थित श्रीकृष्ण माविको अगाडी विद्यार्थीहरुले उक्त सरकारी गाडीमा आगो लगाएका हुन् । पोखरा महानगरपालिका शिक्षा महाशाखाको बा १ झ ५८७९ नम्वरको गाडी पूर्णमा जलेको छ ।
प्रहरीले पाेखराकाे हाेटल रिदमबाट नेविसघका पूर्व जिल्ला सभापति लक्ष्मि पाैडेल सहित परशुराम बस्नेत, डिफान भुजेल र बिनय पाैडेललाइ पक्राउ गरेकाे छ ।
प्रकाशित मिति: ११:०४ बजे, शनिबार, माघ १९, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार