Kathmandu Press

सुदूरपश्चिम प्रदेशमा थप सात जनामा काेराेना सङ्क्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप सात जनामा काेराेना सङ्क्रमण पुष्टि
Hardik ivf

सुदूरपश्चिम, पुस ८ :  सुदूरपश्चिम प्रदेशमा विहीबार थप सातमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ५६७ को नमूना परीक्षण गर्दा सात जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा पाँच र महाकाली अस्पतालमा दुई जनामा कोरोना पुष्टि भएको छ। यस्तै गएको २४ घण्टामा प्रदेशभर चार जनाले कोरोना जितेका छन्। उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एकको पनि मृत्यु भएको छैन। यसअघि बुधबार यस प्रदेशमा नौमा सङ्क्रमण पुष्टि हुँदा पाँच जना निको भएका थिए। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ को ज्यान गइसकेको छ।

प्रकाशित मिति: १८:४२ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्