Kathmandu Press

जापानी प्रधानमन्त्रीद्वारा २०२२ मा ज्याला वृद्धि गर्न आह्वान

टोकियो, पुस ८ : जापानी प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार आफ्नो सम्पत्ति वितरणको नीतिगत लक्ष्य अनुसार अर्को वर्षको शुरुमा वार्षिक श्रम–व्यवस्थापन वार्ता अघि ज्याला वृद्धि...
जापानी प्रधानमन्त्रीद्वारा २०२२ मा ज्याला वृद्धि गर्न आह्वान

टोकियो, पुस ८ : जापानी प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार आफ्नो सम्पत्ति वितरणको नीतिगत लक्ष्य अनुसार अर्को वर्षको शुरुमा वार्षिक श्रम–व्यवस्थापन वार्ता अघि ज्याला वृद्धि गर्न आह्वान गरेका छन्।

‘मजदुरी बढाएर (सम्पत्ति) बाँडफाँड गर्नु भनेको भविष्यमा लगानी गर्नु हो,’ किशिदाले औपचारिक रूपमा जापान बिजनेस फेडरेशन भनेर चिनिने केइदानरेनको बैठकमा उक्त टिप्पणी गरेका हुन्।

अक्टोबरमा पदभार ग्रहण गरेका प्रधानमन्त्रीले आफ्नो नयाँ पुँजीवादमा बलियो मध्यम वर्ग निर्माण गर्ने वाचा गरेका थिए। त्यसका लागि ज्याला वृद्धिको गतिलाई प्रमुख कामको रूपमा लिएका छन्।

उनले प्रि–प्यान्डमिक स्तरमा फर्केका कम्पनीहरूको ४ प्रतिशत भन्दा बढी तलब वृद्धि गर्न आह्वान गर्दै आएका छन्।

प्रकाशित मिति: १६:५७ बजे, बिहीबार, पुस ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्