Kathmandu Press

अफगानिस्तानमा मानवीय अवस्था गम्भीर छ

मस्को, पुस ८ : अफगानिस्तानमा मानवीय अवस्था अझै गम्भीर रहेको रसियाली विदेश मन्त्रालयका मानव अधिकार आयुक्त ग्रिगोरी लुक्यान्त्सेभकाले बताएका छन्। आर्थिक सहायताको प्रावधानमा समस्याहरु...
अफगानिस्तानमा मानवीय अवस्था गम्भीर छ

मस्को, पुस ८ : अफगानिस्तानमा मानवीय अवस्था अझै गम्भीर रहेको रसियाली विदेश मन्त्रालयका मानव अधिकार आयुक्त ग्रिगोरी लुक्यान्त्सेभकाले बताएका छन्। आर्थिक सहायताको प्रावधानमा समस्याहरु रहेका पनि उनी स्थानीय सञ्चार माध्यमलाई बताएका छन्।

अफगानिस्तानको अवस्था कसरी विकास हुनेछ भन्न गाह्रो भएको उनले बताएका छन् । सबैले अफगानिस्तानमा नयाँ अधिकारीहरूको कार्यलाई हेरिरहेका तर उनीहरुले आफ्नो आधिकारिक अन्तर्राष्ट्रिय मान्यताअनुसार कार्य गर्न कुनै हतार नगरेका पनि उनले बताएका छन्। 

त्यनको मानवीय अवस्था एकदमै गम्भीर रहेको र आर्थिक सहयोग व्यवस्थामा समस्या भएको लुक्यान्त्सेभलाई उद्धृत गर्दै स्पुतनिकले जनाएको छ ।  यसबाट आप्रवासी समस्या बढ्ने कुरा बिर्सिन नहुने पनि उनले चेतवनी दिनु भएको छ। 

प्रकाशित मिति: १६:४१ बजे, बिहीबार, पुस ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्