Kathmandu Press

मेडागास्कर जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो

अन्टानारिभो, पुस ८ : माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु भएको छ। समुद्री अधिकारीहरूले बिहीबार २१ शवहरू निकालेपछि मृतकको...
मेडागास्कर जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो

अन्टानारिभो, पुस ८ : माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु भएको छ। समुद्री अधिकारीहरूले बिहीबार २१ शवहरू निकालेपछि मृतकको सङ्ख्या ८५ पुगेको बताइएको हो।

सामुद्रिक अधिकारीहरूले सोमबार डुबेको १२ फिट लामो डुंगा (जहाज) मा १३८ जना सवार रहेको र ५० जनाको मात्रै उद्धार गरिएको बताएक छन्। मृत्यु हुनेमा पाँच बालबालिका रहेका छन्।

यात्रुहरू बोक्नका लागि अनुमति प्राप्त नभएको उक्त काठको जहाज एन्टसेराका गाउँबाट सोआनिराना(इभोङ्गोको तर्फ लगभग १०० किलोमिटर (६० माइल) दक्षिणतर्फ प्रस्थान गर्दै थियो।

नदी र सामुद्रिक बन्दरगाह एजेन्सीका एड्रियन फेब्रिस रत्सिम्बाजाफीका अनुसार प्रारम्भिक अनुसन्धानले जहाजको इन्जिनमा ूप्राविधिक समस्याू भएको देखाएको छ।

प्रकाशित मिति: १५:३५ बजे, बिहीबार, पुस ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्