Kathmandu Press

अमेरिका र कतारका विदेशमन्त्रीबीच छलछल

अमेरिका र कतारका विदेशमन्त्रीबीच छलछल

वासिङ्टन, पुस ८ : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बुधबार कतारी विदेश मन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीसँग अफगानिस्तानको पछिल्लो घटनाक्रमबारे समीक्षा गरेका छन्।

ब्लिन्केनले कतारी जनतालाई हालै कतार राष्ट्रिय दिवस मनाएकोमा बधाइ दिँदै  कतारले अमेरिकी नागरिक, कानुनी स्थायी बासिन्दा र अफगानिस्तानबाट सुरक्षित ट्रान्जिटमा सहयोग गर्न निरन्तर काम गरेकोमा धन्यवाद व्यक्त गरेका छन्।

ब्लिन्केनले यसअघि नै अफगानिस्तानलाई प्रदान गरिने सहयोगको स्तर बढाउन अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने र कोभ्याक्समार्फत संघर्षग्रस्त देशलाई थप १० लाख कोभिड–१९ खोपको खुराक उपलब्ध गराउने बताएका छन्।

सो अवसरमा संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका जनतालाई सहयोग गर्न मानवीय सहायता र अन्य आवश्यक सहयोग प्रवाह सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अथक प्रयास गरिरहेको समेत उल्लेख गरेका छन्।

प्रकाशित मिति: १५:३१ बजे, बिहीबार, पुस ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्