Kathmandu Press

बोलिभियाको सडक दुर्घटनामा सातको मृत्यु

लापाज,  पुस ८ : बोलिभियाको दक्षिणी क्षेत्र चुकेसामा सडक दुर्घटनामा परी कम्तीमा पनि सात यात्रुको निधन भएको छ।यहाँका स्थानीय अधिकारीका अनुसार सडकमा गुडिरहेको गाडी...
बोलिभियाको सडक दुर्घटनामा सातको मृत्यु

लापाज,  पुस ८ : बोलिभियाको दक्षिणी क्षेत्र चुकेसामा सडक दुर्घटनामा परी कम्तीमा पनि सात यात्रुको निधन भएको छ।

यहाँका स्थानीय अधिकारीका अनुसार सडकमा गुडिरहेको गाडी खोंचमा खस्दा ती यात्रुको निधन भएको हो।  

आठजना यात्रु लिएर गएको भ्यान दुर्घटनामा परेको थियो। सो दुर्घटनामा परी एकजना घाइते भएका बताइएको छ। यहाँको नगरपालिकाका प्रमुखले अविरल वर्षाका कारण सडक चिप्लो भएर उक्त सवारी चिप्लिएर सडकमा खसेको बताएका छन्।

प्रकाशित मिति: १५:२४ बजे, बिहीबार, पुस ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्