Kathmandu Press

स्वास्थ्य राम्रै रहे अर्को पटक पनि राष्ट्रपतिमा उठ्छु : बाइडेन

स्वास्थ्य राम्रै रहे अर्को पटक पनि राष्ट्रपतिमा उठ्छु : बाइडेन

वासिङ्टन, पुस ८ : अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई स्वास्थ्यले साथ दियो भने अर्थात् स्वास्थ्य अवस्था राम्रै रह्यो भने अब हुने अर्को राष्ट्रपतिको निर्वाचनमा पनि आफू निर्वाचनमा लड्ने बताएका छन्।

अमेरिकामा हरेक चार वर्षमा हुने राष्ट्रपतीय निर्वाचन आगामी सन् २०२४ मा हुन्छ । सो समयसम्ममा आफ्नो स्वास्थ्य अवस्था ठीक रहेका खण्डमा आफू पुनः राष्ट्रपतिमा उठ्ने उनले बताएका हुन्।

बुधबार एबीसी वल्र्ड न्युजसँगको अन्तर्वार्तामा उनले सो कुरा बताएका हुन्। उनलाई सो अन्तर्वार्ताका क्रममा अर्को निर्वाचनमा राष्ट्रपति पदमा पुनः उठ्नुहुन्छ भनी सोधेको प्रश्नमा उनले सो जवाफ दिएका हुन्।सो क्रममा उनले भनेका थिए थियो– हेर्नुस् म अहिलेजस्तै स्वस्थ भएँ र मलाई अबको चार वर्षपछि पनि म अहिलेजस्तै अवस्थामा आफूलाई पाएँ भने त्यो निर्वाचनमा पनि म अवश्य उठ्छु। 

प्रकाशित मिति: ११:४७ बजे, बिहीबार, पुस ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्