सुदूरपश्चिम प्रदेशमा नौ जनामा सङ्क्रमण, एक मृत्यु
सुदूरपश्चिम, पुस ७ : सुदूरपश्चिम प्रदेशमा आज थप नौ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन...सुदूरपश्चिम, पुस ७ : सुदूरपश्चिम प्रदेशमा आज थप नौ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ५३६ जनाको नमूना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा आठ र महाकाली अस्पताल एक जनामा कोरोना पुष्टि भएको छ। सो अवधिमा प्रदेशभर पाँच जना सङ्क्रमणमुक्त भएका छन्। यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा कञ्चनपुरका ७८ वर्षीय पुरुषको मृत्यु भएको हो। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ जनाको ज्यान गइसकेको छ।
प्रकाशित मिति: २०:५९ बजे, बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१