Kathmandu Press

ग्रीसको तटीय क्षेत्रमा शरणार्थी बोकेको डुङ्गा डुब्दा दर्जनौं वेपत्ता

एथेन्स, पुस ७ : आप्रबासी तथा शरणार्थी बोकेको एउटा डुङ्गा ग्रीसको फोलेगान्ड्रोस टापू नजिकैको तटीय क्षेत्रमा डुब्दा दर्जनौं व्यक्तिहरू वेपत्ता भएको ग्रीसको तटीय...
ग्रीसको तटीय क्षेत्रमा शरणार्थी बोकेको डुङ्गा डुब्दा दर्जनौं वेपत्ता

एथेन्स, पुस ७ : आप्रबासी तथा शरणार्थी बोकेको एउटा डुङ्गा ग्रीसको फोलेगान्ड्रोस टापू नजिकैको तटीय क्षेत्रमा डुब्दा दर्जनौं व्यक्तिहरू वेपत्ता भएको ग्रीसको तटीय सुरक्षा संयन्त्रले बुधबार जानकारी गराएको छ।

तटीय सुरक्षा अधिकारीले कम्तीमा १२ जना यात्रुलाई जीवितै उद्धार गरिएको र बाँकी दर्जनौँ व्यक्तिको अवस्था अज्ञात रहेको बताए।

केही जीवित व्यक्तिले डुङ्गामा ३२ जना रहेको बताए। यद्यपि उनीहरूमध्येका एकजनाले भने यो सङ्ख्या ५० भन्दा बढी रहेको बताए।

ग्रीक अधिकारीले सिन्ह्वालाई इमेलमार्फत दिएको प्रेस वक्तव्यमा अहिलेसम्म जीवितहरुको राष्ट्रियता स्पष्ट नखुलाइएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, 'डुङ्गा दुर्घटनामा परेका १२ जनाको उद्धार गरिएको छ भने बाँकी सबैको खोज र उद्धार कार्य सुरु गरिएको छ।'

ग्रीस सन् २०१५ देखि आप्रबासी तथा प्रवासी शरणार्थी प्रवाहको अग्रपङ्क्तिमा रहेको छ र विगत छ वर्षमा एजियन समुद्रमा सयौंको मृत्यु भएको छ।

प्रकाशित मिति: १८:५८ बजे, बुधबार, पुस ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्