Kathmandu Press

राष्ट्रसंघद्वारा यमनलाई दिँदै आएको सहयोगमा कटौती

साना, पुस ७ : संयुक्त राष्ट्रसंघका तर्फबाट द्वन्द्वग्रस्त मुलुक यमनलाई दिँदै आएको सहयोगमा कटौती भएको छ।राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत प्रदान गरिँदै आएको...
राष्ट्रसंघद्वारा यमनलाई दिँदै आएको सहयोगमा कटौती

साना, पुस ७ : संयुक्त राष्ट्रसंघका तर्फबाट द्वन्द्वग्रस्त मुलुक यमनलाई दिँदै आएको सहयोगमा कटौती भएको छ।

राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत प्रदान गरिँदै आएको सहयोगमा कटौती भएको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन्। 

‘द्वन्द्वग्रस्त मुलुक यमनलाई सहयोग गर्न बजेटको अभाव भएकाले सहयोगका लागि अपिल गर्दै अहिलेलाई राष्ट्रसंघको तर्फबाट हुने सहयोगमा कटौती गरिएको हो,’ डब्लुएफपीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।
 
सहयोग कटौती गर्दा यमनमा खाद्य संकट पर्ने खतरा हुँदा हुदै पनि आफूहरु कटौती गर्न बाध्य भएको उनीहरुको भनाइ छ। यमनमा साउदी अरबको सहयोगमा रहेको सरकारी पक्ष र इरानको सहयोगमा हुथी विद्रोही पक्षका बीचमा सन् २०१४ देखि गृहयुद्ध चलिरहेको छ। 

द्वन्द्वका कारण ठूलो जनधनको क्षति भएको छ भने खाद्य संकट पनि उत्पन्न हुने गरेको छ। देशका आधारभूत आवश्यकताका लागि पनि विदेशी सहयोगको भर पर्नुपर्ने अवस्था रहेको छ।

प्रकाशित मिति: १६:०४ बजे, बुधबार, पुस ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्