Kathmandu Press

भारतमा ओमिक्रोनबाट २१३ जना संक्रमित

नयाँ दिल्ली, पुस ७ : कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट भारतमा २१३ जना संक्रमित भएका छन्।ओमिक्रोनबाट संक्रमित भएकाहरु दैनिक रुपमा थपिँदै गएर...
भारतमा ओमिक्रोनबाट २१३ जना संक्रमित

नयाँ दिल्ली, पुस ७ : कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट भारतमा २१३ जना संक्रमित भएका छन्।

ओमिक्रोनबाट संक्रमित भएकाहरु दैनिक रुपमा थपिँदै गएर अहिलेसम्म २१३ पुगेको अधिकारीहरुले बुधबार जानकारी दिएका छन्। तीमध्ये सबैभन्दा धेरै दिल्लीमा रहेका छन्। दिल्लीमा मात्रै ५७ जना ओमिक्रोनबाट संक्रमित भएका छन्। 

दिल्लीपछि धेरै महाराष्ट्रमा ५४ जना र तेलङ्गनामा २४ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन्। उनीहरुका अनुसार पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट भने छ हजार ३१७ जना सङ्क्रमित भएका छन्।

त्यसैगरी अरु ३१८ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभरी अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ७८ हजार १९० पुगेको छ। यो सङ्ख्या ५७५ दिन पछिकै सवैभन्दा कम हो।
 

प्रकाशित मिति: १४:५४ बजे, बुधबार, पुस ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्