Kathmandu Press

म्यानमारमा पहिरो : एकको मृत्यु, ७० बेपत्ता

याङ्गुन, पुस ७ : म्यानमारमा पहिरोमा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु ७० जना बेपत्ता भएका छन्। सरकारी अधिकारीहरुले बुधबार दिएको...
म्यानमारमा पहिरो : एकको मृत्यु, ७० बेपत्ता

याङ्गुन, पुस ७ : म्यानमारमा पहिरोमा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु ७० जना बेपत्ता भएका छन्। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पहिरोमा परी बेपत्ता भएकाहरुको अहिले धमाधम खोजी कार्य भइरहेको छ। 

चीनसँगको सिमानामा पर्ने देशको उत्तरी क्षेत्रमा आएको पहिरोमा परी मृत्यु भएका र बेपत्ता भएका मध्ये सवै जसो मजदुर रहेको जनाइएको छ।

Hardik ivf

बेपत्ता भएकाहरु काम गरिरहेको एउटा खानीमा पहिरो गएको बताइएको छ। उनीहरु त्यहाँ न्युन ज्यालामा काम गरेका थिए। सो खानीबाट वार्षिक दसौं लाख डलर बराबरको उत्पादन तथा निर्यात हुने गरेको अधिकारीहरुले जनाएका छन्। ‘घटनामा परी ७० देखि १०० जनासम्म बेपत्ता भएका हुनसक्छन,’ उद्धार कार्यमा खटिएका एक जनाले बताएका छ्न्।

स्थानीय समयानुसार मंगलबा बिहान ४ बजेतिर पहिरो गएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । ‘हामीले घटनास्थलबाट जिवितै उद्धार गरेर २५ जनालाई अस्पताल पठाएका छौं भने एक जनाको शव भेटिएको छ,’ उनले भने। घटनास्थलमा बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका लागि झण्डै २ सयजना परिचालित भएको पनि उनले जानकारी दिए।

खोजी तथा उद्धारमा खटिएकाहरुले डुङ्गालगायतका सामग्रीहरुको प्रयोग गरेका छन्।

प्रकाशित मिति: १४:५० बजे, बुधबार, पुस ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्