Kathmandu Press

रुसी राष्ट्रपति पुटिन र फ्रान्सेली राष्ट्रपति म्याक्रोनबीच फोनवार्ता

मस्को, पुस ७ : रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनबीच मंगलबार फोनवार्ता भएको समाचारमा जनाइएको छ।उनीहरुबीच मंगलबार फोनमा कुराकानी भएको क्रेमलिनले...
रुसी राष्ट्रपति पुटिन र फ्रान्सेली राष्ट्रपति म्याक्रोनबीच फोनवार्ता

मस्को, पुस ७ : रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनबीच मंगलबार फोनवार्ता भएको समाचारमा जनाइएको छ।

उनीहरुबीच मंगलबार फोनमा कुराकानी भएको क्रेमलिनले जानकारी दिएको हो। यसअघि पनि उनीहरुबीच गत सातामात्र कुराकानी भएको थियो। 

मंगलबार भएको सो फोनवार्तामा खास गरी उनीहरुबीच युरोपेली युनियन र बेलारुसबीचको आप्रवासी विवादका विषयमा कुराकानी भएको बताइएको छ।

त्यसक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सेली राष्ट्रपति म्याक्रोनसँग त्यहाँको विवाद समाधान शान्तिवार्ताबाट गर्नुपर्नेमा जोड दिएका थिए।  कुराकानीमा युक्रेनबारे पनि छलफल भएको थियो ।युक्रेनको पछिल्लो अवस्थाबारे पुटिनले म्याक्रोनलाई जानकारी गराउनुभएको क्रेमलिनले जानकारी दिएको छ।

क्रेमलिनले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार उनीहरुका बीचमा नेटोका विषयमा पनि कुराकानी भएको बताइएको छ। दुई देशका राष्ट्रप्रमुखबीच हालैका दिनमा विश्वमा कोभिड १९ ले पारेको प्रभावबारे पनि कुराकानी भएको र उनीहरु यो महामारीको नियन्त्रणका लागि संयुक्त रूपमा मिलेर लड्ने बारेमा सहमति भएको जनाइएको छ।

प्रकाशित मिति: १४:४७ बजे, बुधबार, पुस ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्