Kathmandu Press

मलेसियामा बाढीबाट १७ को मृत्यु, ७० हजार जना विस्थापित

क्वालालम्पुर, पुस ७ : मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि १७ जनाको ज्यान गएको छ।सो बाढीमा परी अरु ७० हजार जना विस्थापित भएका बताइएको...
मलेसियामा बाढीबाट १७ को मृत्यु, ७० हजार जना विस्थापित

क्वालालम्पुर, पुस ७ : मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि १७ जनाको ज्यान गएको छ।

सो बाढीमा परी अरु ७० हजार जना विस्थापित भएका बताइएको छ। हालै मलेसियामा आएको बाढीले धेरै नागरिक प्रभावित भएका समाचारमा उल्लेख गरिएको छ।

मंगलबार यहाँ ९ जनाको ज्यान गएको बताइएको हो। बाढीमा परी हराइरहेका उनीहरुको शव भेटिएको यहाँका उद्धार सम्बन्धी अधिकारीहरुले जानकारी दिएका छन्।
यहाँका सात राज्यमा नै बाढीले क्षति पुर्‍याएको छ। बाढीका कारण यहाँका आधारभूत सेवामा पनि क्षति पुगेको बताइएको छ।

प्रकाशित मिति: १४:४४ बजे, बुधबार, पुस ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्